काठमाडौं । कांग्रेस र समाजवादी मोर्चाको बैठक स्थगित । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले नर्भिक अस्पतालमा आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि बिरामी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

कांग्रेस

पीएसपी पूर्णरुपमा निको नहुने र रोकथाम मात्रै गर्न सकिने रोग हो । यसले मस्तिष्कको कोशिकामा क्षति पु¥याउने हुँदा मानिसको मानसिक असन्तुलनका साथै हिँड्न बोल्न र निल्नसमेत उनले कठिन हुने गरेको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ । २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

99+     

3 thoughts on “कांग्रेस र समाजवादी मोर्चाको बैठक स्थगित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.