नयाँ दिल्ली । केहि दिन भारती  भ्रमणका लागि गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतके राष्ट्रपति द्रौपदी मुर्मू संग भेटवार्ता गरेका छन् ।

भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँ दिल्ली पुगेका थिए ।

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धन खडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

99+     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.