संविधान दिवसका लागि हाइ अलर्ट उपत्यकामा सुरक्षा निकाय । २ असोज, काठमाडौं। संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सतर्कता अपनाएका छन् । विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार वटै सुरक्षा निकायले सतकर्ता अपनाएका हुन् ।

संविधान दिवसको अवसरमा दरबारमार्गमा विशेष कार्यक्रम गर्न लागिएको छ । त्यस लक्षति कुनै गतिविधि हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको छ । भोलिका सुरक्षाका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला २ हजार भन्दा बढी प्रहरी परिचालन गर्न लागिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी किरण बज्रचार्यले बताइन् । ‘सादा पोशाकदेखि अन्य विभिन्न ड्युटीमा गरेर थप मदत समेत मागेर २ हजार भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध गरेका छौं’ एआईजी बज्रचार्यले भनिन् ।

 

99+     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.