काठमाडौं। अन्ततः अभिनेत्री साम्राज्ञी शाहले भुवन केसीसँगको तीन वर्ष लामो ‘बेइज्जती’को मुद्दा जितेकी छन्। काठमाडौं जिल्ला अदालतले साम्राज्ञीलाई प्रतिवादी बनाएर दायर गरेको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको छ। जिल्ला अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै साम्राज्ञीले ‘अब शान्तिको सास फेर्न सक्ने’ प्रतिक्रिया दिएकी छन्।

सत्यको जित भएपछि पहिलेजस्तै अब आफूले निश्चित ढंगले काममा अग्रसर हुने साम्राज्ञीले बताएकी छन्। उनले आफूलाई कानुनी लडाइमा साथ दिने कानुन व्यवसायीहरूलाई पनि धन्यवाद दिएकी छन्। ‘हामीले अन्ततः यो लडाइ जितेका छौं। अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा पुनः अग्रसर हुन सक्छु,’ उनले भनेकी छन्।

आफूविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्तिको दाबी गर्ने व्यक्तिले शक्ति र पहुँचको दुरुपयोग गर्दै बुलिङ गरेको साम्राज्ञीको आरोप छ । उनले यसो भनिरहँदा भुवनको नाम चाहिं लिइनन् । उनले नेपाली फिल्म उद्योगमा उदाउँदै गरेका कलाकार र महिलालाई आफ्नो आवाज दबाउन नदिन आग्रह समेत गरेकी छन् ।

बुधबार अदालतमा भएको सुनुवाईमा मुख्यतः नाम उल्लेख गरिएको वा नभएको कुरामा केन्द्रित थियो। मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीले कसैको नाम नलिएको र समग्र चलचित्र क्षेत्रको प्रवृत्तिलाई उजागर गरेको दावा गरे भने वादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीको आशयलाई भुवनतर्फ लक्षित रहेको जिकिर गरे। तीन वर्ष अघि साम्राज्ञीले आफूले गरेका आठ फिल्महरूमध्ये तीन ब्यानरका फिल्मबाट शोषण र दुर्व्यवहार भएको बताइन्।

अदालतले फैसला सुनाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले साम्राज्ञीप्रति सहानुभूति र भुवनप्रति आलोचना वर्षाएका छन् । यस्तोमा भुवनकी प्रेमिका जिया केसीले बुधबार राति टिकटकमा आउँदै दुःख व्यक्त गरेकी थिइन् । भुवनप्रति लक्षित गर्दै उनले ४० वर्षदेखि फिल्म इन्डष्ट्रीमा काम गरेको व्यक्तिविरुद्ध यति धेरै गालीगलौज भएको देख्दा दुःख लागेको बताएकी थिइन् ।

टिकटक लाइभमा जियाले भनिन्, ‘ भुवन केसीजीले केही पनि भन्नुभएको छैन । केही पनि गर्नुभएको छैन । केही पनि नगर्दा यति धेरै गालीगलौज खानु परेको छ । आज उहाँले गाली खानुको कारण म नै हुँ । किनकि ड्रिम्स फिल्मकी नायिकालाई मेरै कारणले उहाँहरुले फिल्ममा लिनुभएको हो ।’

उनले अगाडि भनिन्, ‘उहाँ (साम्राज्ञी)ले बोल्दा भुवन केसीलाई केही पनि भनेको छैन भन्नुहुन्छ । तर मेरो पहिलो फिल्मको निर्देशक भन्नुहुन्छ । यी सबै कुरा सहन नसकेर भुवन केसीले अदालतमा मुद्दा हाल्नुभएको थियो । आज मेरै कारणले भुवन केसीले गाली खाइरहनुभएको छ । यसले मलाई एकदमै दुःखी बनाएको छ ।’

साम्राज्ञीलाई जियाको प्रश्न छ, ‘उहाँले के भन्न खोजेको हो ? के गर्न खोजेको हो ? मलाई एकदमै दुःख लागेको छ ।’ भुवनले चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा दिएको योगदानलाई मानिसले बिर्सिएको आरोप पनि जियाले टिकटक लाइभमा लगाएकी छन्। see more…

 

99+     

3 thoughts on “साम्राज्ञी भन्छिन् अब शान्तिको सास फेर्छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.