काठमाण्डौंमा। प्रचण्डका श्रीमतीको शरीर १ बजेसम्म पेरिसडाँडामा राखिने। प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ।

प्रचण्ड

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको हो।

उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सीताको उपचारको क्रममा आज बिहान काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

उनी लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित थिइन्।

सीता माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन्।

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.