काठमाडौँ । एलन मस्कको नक्कली आईडीबाट जुकरबर्गलाई धम्की । एलन मस्कले ट्विटरको जस्तो फिचर बनाएको भन्दै मेटा कम्पनीका मालिक मार्क जुकरबर्गमाथि कानूनी लडाइँ लड्ने बताएका छन् । 

उनले आफूले ट्विटर एपका लागि ४४ बिलियन अमेरिकी डलर खर्च गरेको भन्दै अहिले आएर जुकरबर्गले त्यस्तै फिचर बनाएर थ्रेड्स एप लञ्च गरेको भन्दै प्रतिलिपि अधिकारमा कारबाही गर्ने बताएका छन् । 

एलन मस्क

उनले ट्विट गर्दै आज यो व्यक्तिगत भएको भन्दै अब जेलमै भेट्ने बताएका छन् । तर यो क्रममा उनले अशिष्ट भाषाको प्रयोग गरेका छन् । उनले जुकरबर्गलाई छेपारे केटो भन्दै सम्बोधन गरेका छन् । 

वास्तवमा यो मस्कको नक्कली आईडी हो । मस्क र जुकरबर्गलाई जुधाएर मजा लिने गरी यो ट्विटर एकाउन्ट बनेको देखिन्छ । थुप्रैका नक्कली एकाउन्ट हटाउन सिपालु मस्कले यो आईडी कसरी चिनेनन् वा जानीजानी यसलाई चलाउन दिएका हुन् त्यसको पनि अनुसन्धान होला नै । 

तर अचम्म त के भने यो आईडीले समेत ब्लु टिक लिएको छ ।

यसअघि मस्कले ‘दुखाइ लुकाउने इन्स्टाग्रामको झूटो खुशीमा लिप्त हुनुभन्दा ट्विटरमा अपरिचित व्यक्तिहरूद्वारा आक्रमण गर्न असीम रूपमा राम्रो छ’ भनेका थिए । 

त्यस्तै ट्विटरकी सीईओ लिन्डा याकारिनोले ट्विटर अक्सर नक्कल गरिएको भए तापनि यसको समुदाय कहिल्यै नक्कल हुन सक्दैन भन्ने प्रतिक्रिया दिएकी थिइन् ।

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.