पोखरा महानगरपालिकाले पनि महानगरभित्रका हलहरुमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश संवाद नहटाएसम्म महानगरले उक्त फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो।

आदिपुरुष फिल्ममा काठमाडौँका मेयर बलेन शाहले काठमाडौँ महानगरमा यो फिल्म नचल्ने भनेर रोक लगाएका थिए। उनले यस घोषणालाई साझा गर्न फेसबुक रोजे । यसमा लेखिएको थियो, दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।यो सच्याउन ३ दिनको समय दिइएको छ ।माता सीताको जय होस । यसैले काठमाण्डौं महानगरपालिकामा हिन्दी फिल्महरूलाई चलाउन अनुमति छैन।

पोखराका मेयर धनराज आचार्यले विज्ञप्ति जारी गर्दै भारतीय चलचित्रको प्रदर्शन रोकिएको जानकारी दिएका हुन्।

‘आदिपुरुष’मा सीतालाई ‘भारतकी छोरी’ भन्ने संवाद रहेको भन्दै नेपालमा फिल्म विवादित बनेको थियो। यद्यपि, फिल्मको उक्त संवादलाई नेपालको सेन्सर बोर्डले हटाएको थियो।

भारतलगायत अन्य ठाउँमा प्रदर्शन हुने फिल्मबाट उक्त संवाद हटाउनुपर्ने मेयर साहले जनाएका थिए। उनले आपत्तिजनक अंश हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेका थिए।

 

99+     

Raj Khatiwada

By Raj Khatiwada

Raj Khatiwada also know as Rahgir is a writer woking for dmg nepal and writing news for dmg nepal . He covers the topic like political, science, economic

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Digital Media Gallery Nepal Pvt. Ltd. | All rights reserved by dmgnepal.com.