कलाकार बल्छी ध्रुबे विरुद्ध अभियोगपत्र दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबारको दिन मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारहरूलाई काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ।
वकिलको कार्यालयले सोमबारको दिन दर्ता गरिएको अभियोगपत्रमा बल्छी ध्रुबे, राजु मास्टरसहित बेगम नेपाली, एलिश राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरे विरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ।
उनीहरू विरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरेका छन्। अभियोगपत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरेको छ।”